दफा १२
नोटरी पब्लिकको योग्यता
देहायको व्यक्ति नोटरी पब्लिक हुनको लागि योग्य हुनेछ :-
(क) सात वर्ष अटुट रुपमा कानून व्यवसाय गरेको कानून व्यवसायी, वा (ख) नेपाल न्याय सेवाको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको पदमा रही सेवाबाट अलग भएको व्यक्ति ।